Redirecting...

अध्यक्ष लिङदेनलाई पत्र लेख्दै कार्यसम्पादन समितिको बैठक बोलाउन धवल शमशेरको माग - corporatekhabar.com

अध्यक्ष लिङदेनलाई पत्र लेख्दै कार्यसम्पादन समितिको बैठक बोलाउन धवल शमशेरको माग - corporatekhabar.com
Source: cork

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवल शमशेर राणाले अविलम्ब कार्यसम्पादन समितिको बैठक बोलाउन माग गरेका छन् । आइतबार अध्यक्ष लिङदेनलाई पत्र लेख्दै डा। राणाले स्वेच्छाचारी रूपमा पार्टी नेताहरूलाई कारबाही र निष्कासन गरिनु दुःखद र निन्दनीय भएको उल्लेख गर्दै पार्टीका विवाद समाधान गर्न तत्काल कार्यसम्पादन समितिको बैठक बोलाउन माग गरेका हुन् । उनले भनेका छन्, ‘पार्टी एकता र पार्टी हित विपरीत विधान मिचेर स्वेच्छाचारी रूपमा पार्टी नेताहरूलाई कारबाही र निष्कासन गरिनु दुःखद र निन्दनीय छ, पार्टी विधानको व्यवस्था एवं प्रजातान्त्रिक मान्यताको पालना गर्दै ती गल्ती अनिवार्य सच्याउनु पर्दछ ।’ फरक मत, विचार एवं अभिव्यक्ति स्वतन्त्रता लगायतका वैयक्तिक स्वतन्त्रता नागरिकको संविधानप्रदत्त मौलिक हक भएको उल्लेख गर्दै डा। राणाले सहमति, असहमतिका विषयमा संवाद एवं शान्तिपूर्ण निकासको खोजी हुनुपर्ने बताएका छन् । साथै उनले पार्टीको तर्फबाट प्रदेससभा उम्मेद्वार भएका, पत्रकार एवं युवा नेता राजु गैरेलाई पार्टी अध्यक्षका स्वकीय सचिव छत्र खडायतले भौतिक आक्रमण निन्दनीय भएको उल्लेख गर्दै पार्टी सदस्यमाथि जिम्मेवार तहबाटै आक्रमण भएको घटनाप्रति देशभरीका पार्टीका साथीहरु, शुभचिन्तकहरू चिन्तित बनेको पत्रमा उल्लेख गरेका छन् । साथै उनले अधिवेशनका लागि पर्यवेक्षण तोक्नेक्रममा समेत एकलौटी ढंगले तोकेर पठाएको आरोप लगाएका छन् । उनले भनेका छन् ‘अधिवेशनका लागि पर्यवेक्षण गर्न पठाउने प्रतिनिधिहरू सर्वसम्मत रुपमा समझदारी गरेर पठाउनु पर्ने हो तर, यो अवधारणालाई उपेक्षा गरि एकलौटी ढंगले तोकेर पठाउनु गलत र अमान्य छ। प्रजातन्त्रको आधारभूत मान्यताविपरीत केन्द्रीय निर्वाचन समितिका सदस्यहरु समेत समावेश गरेर तयार गरिएको पर्यवेक्षकको एकतर्फी सूची त्रुटिपूर्ण छ, यो व्यक्ति विशेषसँग सम्बन्धित नभएर प्रक्रियागत त्रुटी सच्याउने विषय हो ।’ The post अध्यक्ष लिङदेनलाई पत्र लेख्दै कार्यसम्पादन समितिको बैठक बोलाउन धवल शमशेरको माग appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.