Redirecting...

बैंकर्स संघमा चुनिए ४ नयाँ सदस्य - arthasarokar.com

बैंकर्स संघमा चुनिए ४ नयाँ सदस्य - arthasarokar.com
Source: aths

काठमाडौँ । नेपाल बैंकर्स संघको रिक्त रहेको सदस्य पदमा चार जनालाई नियुक्त गरिएको छ । संघको वार्षिक साधारण सभाले सदस्यमा नेपाल एसबीआई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामकुमार तिवारी, नबिल बैंकका सिइओ मनोज ज्ञवाली, लक्ष्मी सनराइज बैंकका सिइओ अजयविक्रम शाह र प्राइम कमर्सियल बैंकका सिइओ सञ्जीव मानन्धरलाई नियुक्त गरेको हो । बुधबार बैंकर्स संघको सदस्यमा नियुक्त भएका मानन्धर पुनः सदस्यमा दोहोरिएका हुन् । अन्य तीन जना भने नयाँ प्रवेश गरेका हुन् । सानिमा बैंकका सिइओ निश्चलराज पाण्डे, प्रभु बैंकका सिइओ अशोक शेरचन र सिद्धार्थ बैंकका सिइओ सुन्दरप्रसाद कँडेलको कार्यकाल सकिएपछि तीन जनालाई सदस्य नियुक्त गरिएको बैंकर्स संघले जनाएको छ । संघका अनुसार मानन्धरको पनि एक कार्यकाल सकिएको तर दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरिएको हो ।