चेल्सीसँग लिभरपुल पराजित - www.hamrokhelkud.com
एजेन्सी – विलियन एस्टेभाओले इन्ज्युरी समयमा निर्णायक गोल गेपछि शनिवार चेल्सीले लिभरपुललाई २-१ ले हराएको छ। यो जितसँगै चेल्सी प्रिमियर लिगको अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ । प्रिमियर २सहित लगातार ३ खेल हारेको लिभरपुल शीर्ष स्थानबाट झरेर दोस्रो स्थानमा पुगेको छ। त्यसअघि नै आर्सनलले वेस्ट हम युनाइटेडलाई २–० ले हराउँदै लिगको शीर्ष स्थान उक्लिएको थियो। त्यसैले लिभरपुललाई शीर्षमा फर्कन चेल्सीलाई हराउनै पर्ने थियो। तर खेलमा परिस्थिति उल्टियो। चेल्सीका मोइसेस कैसिडोले १४ औं मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि लिभरपुलका कोडी गाक्पोले ६३औं बराबरी गोल गर्दै खेल १–१ बनाए। अन्त्यतिर चेल्सीका एन्जो फर्नान्डेजले सुनौलो मौका गुमाउँदा लिभरपुल भाग्यशाली बन्ने संकेत देखिएको थियो। तर खेलको इन्ज्युरी समयको पाँचौं मिनेटमा एस्टेभाओले मार्क कुकुरेल्लाको क्रसमा गोल गर्दै चेल्सीको जित निश्चित गरे। लिभरपुल प्रिमियर लिगमा गत साता क्रिस्टल प्यालेससँग र साताको मध्यमा गालातासारेविरुद्ध च्याम्पियन्स लिगमा पराजित भएको थियो। अब लिभरपुल आर्सनल (१६ अंक) भन्दा एक अंकले पछाडि परेको छ। शनिवार नै प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सन्डरल्यान्डलाई २-० ले हराउँदै महत्वपूर्ण ३ अंक जोडेको छ। युनाइटेडको जितमा मासोन माउन्ट र बेन्जामिन सास्कोले गोल गरे। मोहम्मद कुदुसको एक गोल र अर्को असिस्टमा टोटनहमले लिड्स युनाइटेडलाई घरेलु मैदानमा २-१ ले हराएको छ। टोटनहमको जितमा अर्को गोल माथिस टेलले गरे। लिड्सको लागि नोआ ओकाफोरले सान्त्वना गोल गरे। चौथो जित निकालेको टोटनहमसँग १४ अंक रहेको छ। लिड्ससँग भने ८ अंक मात्र रहेको छ। The post चेल्सीसँग लिभरपुल पराजित first appeared on हाम्रो खेलकुद.