Redirecting...

जेन-जी आन्दोलनका ३० घाइते अझै अस्पतालमा, २ हजार २३८ जना ‘डिस्चार्ज’ - www.sutranews.com

जेन-जी आन्दोलनका ३० घाइते अझै अस्पतालमा, २ हजार २३८ जना ‘डिस्चार्ज’ - www.sutranews.com
Source: sutr

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ । सिभिल अस्पतालमा १ जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा ५ जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना, नेपाल प्रहरी अस्पतालमा १ जना र कीर्तिपुर अस्पतालमा १ जना उपचाररत छन् । यसैगरी बी एन्ड बी अस्पतालमा ३ जना, विराट मेडिकल शिक्षण अस्पतालमा १ जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा १ जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना गरी कुल ३० जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले विभिन्न स्वास्थ्य संस्था तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँग सम्पर्क एवं समन्वय गर्दा प्राप्त पछिल्लो विवरण सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार उपचारका लागि आएका घाइतेहरूको सङ्ख्या २ हजार ३१६ रहेको छ, जसमा उपचारपश्चात् २ हजार २३८ जना ‘डिस्चार्ज’ भइसकेका छन् । त्यसैगरी अस्पतालमा आएका/मृत्यु भएका कुल सङ्ख्या ४९ रहेको छ । अस्पतालहरूमा २०८२ असोज १२ गतेदेखि हालसम्म जेनजी क्लिनिकमार्फत सेवा प्राप्त गरेका घाइतेहरूको सङ्ख्या भने नौ जना रहेको छ ।