प्रेस काउन्सिलका अध्यक्ष आचार्यलाई नियुक्ति पत्र प्रदान - www.onlinepana.com
Source: onpa
काठमाडौं । प्रेस काउन्सिलको अध्यक्षमा मनोनीत वरिष्ठ अधिवक्ता डा. कुमार आचार्यलाई नियुक्ति पत्र प्रदान गरिएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलबाट आचार्यले काउन्सिलको अध्यक्षमा नियुक्त भएकाे पत्र बुझेका हुन् । मंसिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई काउन्सिलकाे अध्यक्षमा नियुक्त गरेकाे थियाे । प्रेस काउन्सिल ऐन २०४८ को दफा ६ को उपदफा २ बमोजिम आचार्यलाई ४ वर्षका लागि अध्यक्ष पदमा मनोनित (नियुक्त) गरिएको सञ्चार मन्त्रालयले जनाएकाे छ । The post प्रेस काउन्सिलका अध्यक्ष आचार्यलाई नियुक्ति पत्र प्रदान appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).