नेपाल दुवै अभ्यास खेलमा विजयी, कतार १६ रनले पराजित - nagariknews.nagariknetwork.com
Source: ngrk
नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट पूर्वको दोस्रो अभ्यास खेलमा पनि जित निकालेको छ । पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको नेपालले सोमबार कतारलाई १६ रनले पराजित गर्यो । नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५४ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा रोक्ने क्रममा करण केसीले ३ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीको नाममा एकएक विकेट रह्यो । यसअघि ओमान क्रिकेट एकेडेमी ग्राउन्ड १ मा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७० रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए। दीपेन्द्र सिंह ऐरी ३८, आसिफ शेख ११, कप्तान रोहित पौडेल ८ रनमा आउट भए ।