कोसी र वाग्मतीमा यी राजमार्ग छन् अवरुद्ध, अन्त कुन कुन राजमार्ग अवरुद्घ छ ? (सूचीसहित) - www.onlinepana.com
काठमाडौं । बाढी र पहिरोका कारण अवरुद्ध भएका सडक अझै सञ्चालन हुन सकेको छैन । कोसी र वाग्मती प्रदेशमा पर्ने राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध भएका थिए ।राजमार्ग अवरुद्ध हुँदा सडक यातायात सेवा ठप्प भएको छ । नेपाल प्रहरीका अनुसार, सोमबार (असोज २०) बेलुका ७ बजेसम्ममा आठ जिल्लाका सडकखण्ड अवरुद्ध छ ।संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुणखोला र मकालु गाउँपालिका–३, एकुवामा पर्ने कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।इलाम नगरपालिका–९, राजदुवालीमा पर्ने मेची राजमार्ग र भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१, श्रीदलीमा पर्ने मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध छ ।यता, वाग्मती प्रदेशको बीपी राजमार्ग, पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । The post कोसी र वाग्मतीमा यी राजमार्ग छन् अवरुद्ध, अन्त कुन कुन राजमार्ग अवरुद्घ छ ? (सूचीसहित) appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).