Redirecting...

मधेश प्रदेश : सरकार गठन गर्न सात दलले आज दाबी पेश गर्दै - kendrabindu.com

मधेश प्रदेश : सरकार गठन गर्न सात दलले आज दाबी पेश गर्दै - kendrabindu.com
Source: kend

जनकपुर । मधेश प्रदेश सरकार गठनका लागि सात राजनितिक दलले गठबन्धनसहित आज दाबी पेश गर्ने भएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले आज बेलुकी ५ बजे सम्म दाबी पेस गर्न समय दिएकोमा गठबन्धनको तर्फबाट दिउँसो २ बजे दाबी पेश गर्ने जसपा नेपालका सांसद एवम पूर्व मुख्यमन्त्री सरोज कुमार यादवले जानकारी दिए । मुख्यमन्त्रीको टुंगो लागिसकेको छ आज २ बजे दाबी पेश गर्न जान्छौ, उनले भने । सात राजनितिक दलको गठबन्धनमा जनमत पार्टी, नेकपा एस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल, लोसपा, नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी रहेको छ । लोसपाले मुख्यमन्त्री पाए कांग्रेसले सभामुख पाउने जसपा निकट स्रोतको भनाई छ ।