८४ दिनको लागि ३० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक - bankingsamachar.com
काठमाडौं – नेपाल राष्ट्र बैंकले आज अर्थात् कात्तिक २३ गते ३० अर्ब निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ८४ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल गर्न लागेको हो । यसका लागी राष्ट्र बैंकले २३ गतेमध्यान्ह २ः०० बजेसम्म अनलाईनमार्फत बोलकबोल हुनेछ । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८२ माघ १८ गते हुने केन्द्रीय बैंकले बताएको छ । राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोल गर्न सकिनेछ । यस्तै, निक्षेप संकलनकोबोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । केन्द्रीय बैंकले निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।