Redirecting...

मनसुनजन्य विपदमा ज्यान गुमाउनेको संख्या ६० पुग्यो - nagariknews.nagariknetwork.com

मनसुनजन्य विपदमा ज्यान गुमाउनेको संख्या ६० पुग्यो - nagariknews.nagariknetwork.com
Source: ngrk

असोज १७ गते शुक्रबार रातिदेखिको वर्षाले देशभर ६० जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ।मृत्यु हुनेमा पुरुष १९, महिला २६ र नाबालक १५ रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए। इलाममा मात्र पुरुष १३, महिला १४ र नाबालक १० गरी ३७ जनाको मृत्यु भएको उनले बताए।यसैगरी पाँचथरमा पुरुष तीन, महिला चार र नाबालक एक गरी आठ जनाको मृत्यु भएको छ। उदयपुरमा महिला दुई र नाबालक एक गरी तीन, खोटाङमा पुरुष दुई र सुनसरीमा एक जना पुरुषको मृत्यु भएको छ।रौतहटमा एक महिला र दुई नाबालक गरी तीन जना, मोरङ, सिन्धुली र महोत्तरीमा एक-एक जना महिलाको मृत्यु भएको छ। यस्तै, सिन्धुपाल्चोकमा एक नाबालकको ज्यान गएको छ भने काभ्रेपलाञ्चोकमा दुई महिलाको शव भेटिएको सशस्त्र प्रहरी बलले जनाएको छ। रासस