मोरङमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु - nagariknews.nagariknetwork.com
Source: ngrk
मोरङको बेलबारी–७ बाहुनीमा ट्याक्टर दुर्घटना हुँदा झापा दमक नगरपालिका स्थायी घर भएका कुमार गिरीको मृत्यु भएको छ।आज दिउँसो बाहुनी बजार नजिकै ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ।को २ त ९६१३ नम्बरको ट्याक्टरमा सवार चार जनामध्ये तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए।ट्याक्टर चालक रुपचन्द्र ऋषिदेव फरार रहेकाले खोजीकार्य गरिरहेको प्रहरी निरीक्षक दाहालले बताए।