Redirecting...

पाकिस्तानमा सयभन्दा बढी विपक्षी नेता दोषी ठहर, ८ नेतालाई १० वर्षको जेल सजाय - farakdhar.com

पाकिस्तानमा सयभन्दा बढी विपक्षी नेता दोषी ठहर, ८ नेतालाई १० वर्षको जेल सजाय - farakdhar.com
Source: FRDH

सन् २०२३ मा इमरान खानको समर्थनमा देशव्यापी प्रदर्शन गरेको आरोपमा पाकिस्तानको संसद्मा विपक्षी दलका नेतासहित १०० जनाभन्दा बढिलाई बिहीबार दोषी ठहर गरिएको पूर्वप्रधानमन्त्री खानको पार्टीले जनाएको छ ।  इमरान खानको रिहाइका लागि दबावमुलक विरोधप्रदर्शनको नेतृत्व गरेका आरोपमा उनीहरूलाई दोषी ठहर गरिएको हो ।  खानको पाकिस्तान तेहरीक–ए–इन्साफ पार्टी (पिटिआई) ले जारी गरेको विज्ञप्तिमा ६ जना सांसद, एक सिनेटर र एक प्रान्तीय सांसदलाई १० वर्षको जेल सजाय सुनाइएको छ । तीमध्ये प्रदर्शनमा सहभागी नै नभएका राष्ट्रिय सभाक...