कविता :स्मृतिको दोभान - sahityapost.com
Source: shpt
अब हामी सायदयसरी नै मात्र भेट हुन सक्छौँ साथीमानौँ कल्पनामा, सम्झनामाहिँडेर कहिल्यै नपुगिने दोभानमा । हाम्रो सम्बन्ध अब त्यो क्षितिज भयोजहाँ आकाश झुकेर धर्तीलाई चुम्न त खोज्छतर स्पर्शको आभास नपाउँदै साँझ ढल्छ ।हामी ती दुई समानान्तर रेखाहरू हौँजसको गन्तव्य एउटै भए पनिजसले युगौँदेखि सँगै यात्रा त गरेतर मिलनको कुनै बिन्दु पाएनन् । तिमी मेरो मौनताको त्यो लय हौजसलाई म आफ्नै हृदयभित्र सुन्न त सक्छुतर ओठबाट कहिल्यै उच्चारण गर्न सक्दिनँ । प्रेम अब शरीरको तृष्णा रहेनयो त शून्यताभित्रको एउटा अनुहार भयोजसलाई न अँगाल्न सकिन्छन त बिर्सिन नै । यो दूरीदूरी मात्र कहाँ हो र ?यो त एउटा शाश्वत प्रतीक्षा होमृगतृष्णाझैँ तिर्खाउँदा तिर्खाउँदै सायद हामीएक अर्काभित्र यसरी विलय हुनेछौँ किअस्तित्व हराउनेछतर सुगन्ध बाँकी नै रहनेछ।