हिंसा भड्काएको अभियोगमा पाकिस्तानमा धर्मगुरुलाई ३५ वर्ष जेल - farakdhar.com
Source: FRDH
पाकिस्तानको एक आतङ्कवाद विरोधी अदालतले प्रतिबन्धित इस्लामवादी राजनीतिक दलका एक वरिष्ठ धर्मगुरु नेतालाई हिंसा भड्काएको अभियोगमा ३५ वर्षको कैद सजाय सुनाएको छ । उक्त सजाय एक वर्षभन्दा बढी समयअघि देशका तत्कालीन प्रधानन्यायाधीशको हत्याका लागि सार्वजनिकरूपमा आह्वान गरेको घटनासँग सम्बन्धित रहेको अदालतका अधिकारी तथा प्रतिरक्षा पक्षका वकिलले मङ्गलबार जानकारी दिएका छन् । प्रतिबन्धित तहरीक–ए–लब्बैक पाकिस्तान (टिएलपी)पार्टीका नेता जहीरुल हसन शाहलाई गत वर्ष पक्राउ गरिएको थियो । उनीमाथि सामाजिक सञ्जालमा एक भिडियो प्रसारित...