मृगौलाको मुख्य दुस्मन : मधुमेह र उच्च रक्तचाप - farakdhar.com
Source: FRDH
विश्वव्यापी रूपमा करिब ८५ करोड मानिस मृगौला (किड्नी) रोगबाट प्रभावित छन् भने नेपालमा प्रत्येक वर्ष करिब तीन हजार नयाँ बिरामी थपिँदै छन् । तर यकिन तथ्याङ्क आउन भने बाँकी रहेको मृगौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. बिक्रमवीर बज्राचार्यले बताए । शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्ने मृगौला मानव शरीरको अति महत्वपूर्ण अंग हो । डा.बज्राचार्यका अनुसार मृगौला केवल रगत सफा गरेर पिसाब बनाउने काम मात्र गर्दैन, यसले शरीरमा नुनको मात्रा, ब्लड प्रेसर, हेमोग्लोबिन र भिटामिन डीको सन्तुलन कायम राख्छ । ‘मृगौलाको काम रक्...