कोदो : दिगो कृषिको आधार - annapurnapost.com
Source: anna
कोदो पोषणीय गुणस्तरले भरिपूर्ण अन्न हो, जसमा प्रोटिन, फाइबर, भिटामिन बी समूहका भिटामिनहरू, र महत्वपूर्ण खनिजहरू जस्तै आइरन, क्याल्सियम र म्याग्नेसियम उच्च मात्रामा पाइन्छ । विशेषगरी यसको प्रोटिन मात्रा १२.३ ग्राम प्रति १०० ग्राम हुने हुँदा यो स्वास्थ्यका दृष्टिले निकै लाभदायक छ । कोदोलाई स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता दिनुपर्ने कारण पनि यही पोषणीय मूल्य हो । यसले मधुमेह निय…