कविता : सावा बगीरहेछ - sahityapost.com
मिर्मिरेको भालेको डाकसँगैझोलामा गुन्द्रुक,किनामा, सातुसामल पोका पारेरबिदाइको हात हल्लाउँदैतिमी परदेश हिँडेदेखि,सोल्टीराजा….!मेरो आँखाबाट अविरल सावा बगिरहेछ । तिम्रै प्रतीक्षामा छन्तिमीले बिसाउँदै गएको चौतारी,फूलपाती चढाउँदै गएको देउराली,पानी अच्य्राउँदै गएको खोलानाला,टेक्दै गएको मूलबाटो,दौँतरी, साथीसङ्गी,सबै–सबै तिम्रै प्रतीक्षामा छन्,तर तिमी फर्किआएनौँ । उँधौलीमा सातसमुद्रतरिगएका कऱ्याङकुरुङहरूउँभौलीमा फर्किन्छन्,कतै तिमी पनि फर्किन्छौ कि ?टोलाइबस्छु…..कऱ्याङकुरुङ झैँ बेग मार्दै उडिजाऊँ हुन्छु ।आँगनमा घाम ताप्दै,कोकुले चर्खा घुमाउँदै,धागो बाटिरहेको हेरिबस्छु ।चर्खा जस्तै पृथ्वी पनि घुम्छ भन्छन्,अवश्य एकदिन तिमी फर्केर आउनेछौ,विक्षिप्त मनलाई सम्झाउँछु ।बाँट्दा–बाँट्दै धागो चुँडिन्छ,झसङ्ग झस्किन्छु ।कोकुले फेरि धागो गाँस्नुहुन्छ,त्यसैत्यसै खुसी हुन्छु ।चर्खा हो कि जिन्दगी ?धागो हो कि सम्बन्ध ?सोल्टीराजा !मेरो आँखाबाट अविरल सावा बगिरहेछ। साकेलाथानलाई साक्षी राखेर‘आकाश जस्तै अनन्त, धरती जस्तै अमर प्रेम गर्छु’ – भन्थ्यौ,कसरी भुल्यौ बाचा ?साकेलाको वृत्तमा ढोल–झाम्टाको सङ्गीतमाशिल्लीमी पोमी हल्लाउँदै नाच्ने एउटा आकृतिवर्षौंदेखि मेरो आँखाहरूले खोजिरहेछ ।सोल्टीराजा,मेरो आँखाबाट अविरल सावा बगीरहेछ। The post कविता : सावा बगीरहेछ appeared first on साहित्यपोस्ट.