Redirecting...

मुस्कान ढकालको निर्देशनमा ‘रत्यौली’ निर्माण घोषणा - www.sutranews.com

मुस्कान ढकालको निर्देशनमा ‘रत्यौली’ निर्माण घोषणा - www.sutranews.com
Source: sutr

काठमाडाैं । नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित सिनेमा ‘रत्यौली’को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । विवाह संस्कारको विशेष अङ्गका रूपमा महिलाहरूले मात्र गाउने परम्परागत लोकगीत ‘रत्यौली’बाट प्रेरित भई यो सिनेमाको नाम राखिएको हो । सोही कारण यो सिनेमा सांस्कृतिक चेतनाले भरिएको हुन सक्ने बुझिएको छ । रन्जन रिजालको प्रस्तुतिमा निर्माण हुने यो सिनेमाबाट उनी सिनेमा निर्माणमा डेब्यु गर्न लागेका हुन् । २०६२/६३ सालदेखि म्युजिक भिडियो क्षेत्रमा मोडलका रूपमा सक्रिय रहेका रिजालले सयौँ भिडियोमा अभिनय गर्दै सशक्त छवि बनाएका छन् । ‘नाई नभन्नु ३’ र ‘समभर लभ’ जस्ता सफल सिनेमा निर्देशन गरेका मुस्कान ढकाल यो सिनेमाका निर्देशक हुन् । नेपाली युवा निर्देशकहरूमा सम्भावना बोकेका ढकालले यो पटक सांस्कृतिक र पारिवारिक कथामा आधारित सिनेमा निर्देशन गर्न लागेका छन् । नाइट एंगल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको सिनेमालाई नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको लगानीमा निर्माण गर्न लागिएको हो । सिनेमाको छायांकन आगामी तिहार लगत्तै सुरु हुनेछ । साउन १६ गते आज शुक्रवार निर्माण टिमले टाइटल सार्वजनिक गरेको हो । अहिले कलाकार छनोट र प्राविधिक तयारी अघि बढिरहेको निर्माण टिमले जनाएको छ । प्रस्तुतकर्ता रन्जन रिजाल भन्छन्, ‘नेपाली दर्शकहरूले नेपाली परिवेश, भाषा र मौलिक कथावस्तुमा बनेका सिनेमा बढी रुचाउँछन् । त्यसैले हामीले पनि दर्शकको चाहना अनुसार सिनेमाको विषयवस्तु र प्रस्तुति तयार गर्न थालेका हौँ ।’ निर्देशक मुस्कान ढकालका अनुसार हाल सिनेमाको लोकेसन र कलाकार फाइनल गर्ने काम सुरु भएको छ । सिनेमाले नेपाली संस्कृति र मनोरञ्जनलाई सन्तुलित ढंगले प्रस्तुत गर्ने लक्ष्य लिएको निर्देशक ढकाल बताउँछन् ।