काँग्रेसी भन्नै लाज भएपछि सर्वोच्च जाँदै देउवा समूह, आधिकारिकताका लागि बिन्ती बिसाउने ! - arthasarokar.com
Source: aths
काठमाडौँ । नेपाली काँग्रेस शेर बहादुर देउवा समूह सर्वोच्च अदालत जाने भएको छ । देउवा समूह काँग्रेसको आधिकारिकता माग्दै सर्वोच्च अदालत जान लागेको हो । निर्वाचन आयोगले गगन पक्षलाई काँग्रेसको आधिकारिकता दिएपछि देउवा समूह आधिकारिकता माग गर्दै आज (आइतबार) सर्वोच्च अदालत जान लागेको देउवा समूहका एक नेताले बताएका छन् । गगन पक्षलाई आयोगले आधिकारिकता दिएपछि देउवा समूह आयोगको सो निर्णयको विरुद्धमा छ । आयोगको निर्णयविरुद्ध कानूनी लडाईं लड्ने निष्कर्षसहित देउवा समूह अदालत जान लागेको छ । आधिकारिकता माग गर्दै सर्वोच्च जाने कामका लागि देउवा समूहको बैठकले पूर्ण बहादुर खड्कालाई जिम्मेवारी तोकेको छ ।