काउन्सिलको संरचनागत, कानुनी तथा सेवा प्रवाहमा आमूल सुधार गर्ने मुख्य एजेन्डा: डा दिपेश पौडेल - swasthyakhabar.com
Source: swkh
नेपाल मेडिकल काउन्सिलका सदस्य पदका उम्मेदवार डा. दिपेश पौडेल यतिबेला मत माग्दै देशका विभिन्न स्थानमा पुगिरहेका छन्। काउन्सिलको संरचनागत, कानुनी तथा सेवा प्रवाहमा आमूल सुधार गर्ने मुख्य एजेन्डासहित उम्मेदवारी दिएका उनी देश दौडाहका क्रममा चिकित्सकहरुबाट पाएको साथ र मायापछि आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन्।