Redirecting...

सशस्त्र प्रहरीको गोलीबाट रिक्सा मजदुरको मृत्यु - ekantipur.com

सशस्त्र प्रहरीको गोलीबाट रिक्सा मजदुरको मृत्यु - ekantipur.com
Source: kant

सुनसरीको कोशी गाउँपालिका–१, पुरी टोलका ४५ वर्षीय विजय साहको जीविकोपार्जनको एक मात्र आधार थियो, सिटी रिक्सा । त्यही रिक्सा चलाएर उनी ६ जनाको परिवार पाल्थे । बुधबार मध्यराति सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको गोलीबाट उनी ढले । उनको मृत्युले परिवारमा शोक मात्रै थपेको छैन, घर चलाउने एक मात्र आधार नै खोसिएको छ ।