गुगल फोटोजले अब प्रयोगकर्तालाई आफ्ना तस्बिरहरूलाई भिडियोमा परिणत गर्न टेक्स्ट प्रम्प्टहरू प्रयोग गर्न दिने - www.technologykhabar.com
गुगलले गुगल फोटोजमा रहेको फोटो टु भिडियो सुविधामा “प्रमुख अपडेट” को घोषणा गरेको छ। अब प्रयोगकर्ताले आफ्ना तस्बिरहरूलाई “डाइनामिक सर्ट भिडियोज (गतिशील छोटो भिडियोहरू) मा परिणत गर्न थप “क्रियटिभ कन्ट्रोल” (रचनात्मक नियन्त्रण) पाउने भएका छ। अब १८ वर्षभन्दा माथिका प्रयोगकर्ताले भिडियो उत्पादनको लागि टेक्स्ट प्रम्प्टहरू प्रयोग गर्न सक्नेछन्। प्रयोगकर्ताले चाहेको मुभमेण्ट (चाल), स्टाइल (शैली) वा इफेक्ट (प्रभाव) वर्णन गर्न कस्टम टेक्स्ट (अनुकूलन पाठ) प्रम्प्ट टाइप गर्न सक्नेछन् र परिणामस्वरूप भिडियोलाई फाइन–ट्यून गर्न आफ्नो प्रम्प्टहरूलाई सजिलै सम्पादन र परिष्कृत गर्न पनि सक्नेछन्। यदि के सोध्ने भनेर थाहा नभएको अवस्थामा भने प्रयोगकर्ताले अझै पनि अवस्थित सब्टल मुभमेण्ट (सूक्ष्म चाल) र त्यहाँ पहिले देखि नै उपलब्ध भएको आई एम फिलिङ लक्कि अप्सन (विकल्प) हरू प्राप्त गर्नुका साथै अब त्यहाँ भएको प्रम्प्ट सुझावहरूलाई “इन्स्ट्याण्ट भिडियो इन्सिपिरेसन” को लागि ट्याप गर्न सकिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ। गुगलको टेम्प्लेट वा कस्टम प्रम्प्ट प्रयोग गरिएको भए तापनि तस्बिरबाट सिर्जना गरिएको प्रत्येक भिडियोमा “अब डाइनामिक क्रियसन्स बढाउन पूर्वनिर्धारित रूपमा अडियो समावेश हुन सक्छ” भनि गुगलले बताएको छ। https://fdn.gsmarena.com/imgroot/news/26/01/google-photos-photo-to-video-text-prompts/gsmarena_001.mp4 The post गुगल फोटोजले अब प्रयोगकर्तालाई आफ्ना तस्बिरहरूलाई भिडियोमा परिणत गर्न टेक्स्ट प्रम्प्टहरू प्रयोग गर्न दिने appeared first on Technology Khabar.