एमालेको विधान संशोधन वरिष्ठ उपाध्यक्ष हटाइयो, सचिव बढाइयो - corporatekhabar.com
Source: cork
काठमाडौं । नेकपा (एमाले) को विधान संशोधन भएको छ । आइतबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन गर्दै पदाधिकारीको संख्या बढाएको हो ।अब एमालेका पदाधिकारी १९ सदस्यीय हुने भएको छ । जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने भएका छन् । त्यस्तै स्थायी कमिटी ४५ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय हुनेछ । त्यस्तै केन्द्रीय कमिटी केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाइएको छ । यो प्रस्ताव महाधिवेशनबाट अनुमोदन भएपछि तुरुन्तै बस्ने बन्दसत्रमार्फत नेतृत्व चयन प्रक्रिया अगाडि बढाइनेछ । The post एमालेको विधान संशोधन वरिष्ठ उपाध्यक्ष हटाइयो, सचिव बढाइयो appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.