कांग्रेसलाई ‘शुभकामना’ दिएर प्रकाशमान पन्छिँदा उपत्यकाका १५ सिटमा कसको पल्ला भारी - nepalkhabar.com
Source: nkkb
काठमाडौँबाट राजनीतिमा उदाएका नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहलाई फागुन २१ को निर्वाचनपछि सम्भावित प्रधानमन्त्रीको रुपमा हेरिएको छ। कांग्रेसले गगन र रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार नै घोषणा गरेर चुनावी मैदानमा उतारेको छ। यद्यपि, काठमाडौँ छाडेर गगन सर्लाही–४ र बालेन झापा–५ पुग...