Redirecting...

भारत सरकारद्वारा ७ खर्ब रुपैयाँमाथिको ‘रेयर अर्थ म्यानुफ्याक्चरिङ कार्यक्रम’लाई स्वीकृति: के हो यो तत्व? - www.technologykhabar.com

भारत सरकारद्वारा ७ खर्ब रुपैयाँमाथिको ‘रेयर अर्थ म्यानुफ्याक्चरिङ कार्यक्रम’लाई स्वीकृति: के हो यो तत्व? - www.technologykhabar.com
Source: tckb

भातको केन्द्रीय मन्त्रिपरिषद्ले ७ खर्ब रुपैयाँको ‘रेयर अर्थ म्यानुफ्याक्चरिङ कार्यक्रम’लाई स्वीकृति दिएको छ। भारत सरकारका अनुसार ‘सिन्टर्ड रेयर अर्थ पर्मानेन्ट म्याग्नेट म्यानुफ्याक्चरिङ प्रवर्द्धन योजना’ आफ्नै प्रकारको छुट्टै पहल हो। यसको उद्देश्य भारतमा इन्टिग्रेटेड रेयर अर्थ पर्मानेन्ट म्याग्नेट (आरईपीएम) उत्पादन क्षमतालाई वार्षिक ६ हजार मेट्रिक टनसम्म पुर्‍याउनु हो। सूचना तथा प्रसारणमन्त्री अश्विनी वैष्णवले बुधबार भनेअनुसार रेयर अर्थ पर्मानेन्ट म्याग्नेट सबैभन्दा शक्तिशाली पर्मानेन्ट म्याग्नेटमध्ये एक हुन् र यी विद्युतीय गाडी, नवीकरणीय ऊर्जा, इलेक्ट्रोनिक्स, एयरोस्पेस र डिफेन्सका लागि विशेष रूपमा महत्वपूर्ण छन्। उनका अनुसार यो योजनाले इन्टिग्रेटेड म्यानुफ्याक्चरिङ सुविधा विकास गर्न पनि मद्दत गर्नेछ जसमा रेयर अर्थ अक्साइडलाई धातु, धातुलाई अलोय र अलोयलाई तयारी रेयर अर्थ पर्मानेन्ट म्याग्नेटमा रूपान्तरण गर्ने प्रक्रिया समावेश हुनेछ। रेयर अर्थ सामग्री र रेयर अर्थ म्याग्नेटबारे हाल धेरै चर्चा हुनुको कारण ईभी, नवीकरणीय ऊर्जा, औद्योगिक प्रयोग र कन्ज्युमर इलेक्ट्रोनिक्सको माग तीव्र रूपमा बढ्नु हो। भारतले हाल यस्तो माग आयातमार्फत पूरा गरिरहेको छ। मार्च २०२५ मा सकिएको आर्थिक वर्षमा भारतले ५३ हजार मेट्रिक टन रेयर अर्थ म्याग्नेट आयात गरेको थियो। हाल यी महत्वपूर्ण तत्वमा चीनको प्रभुत्व छ र अमेरिकाले शुल्क बढाएपछि चीनले गत अप्रिल महिनामा म्याग्नेट निर्यातसम्बन्धी नियम कडाइ गरेको थियो। रेयर अर्थ म्याग्नेट भन्नाले रेयर अर्थ तत्वका अलोयबाट बनेका पर्मानेन्ट म्याग्नेटलाई जनाइन्छ। यी धेरै शक्तिशाली म्याग्नेट हुन् र इलेक्ट्रिक मोटर, जेनेरेटर र हार्ड डिस्क ड्राइभजस्ता उपकरणमा प्रयोग हुन्छन्। अलोय भनेको दुई वा बढी प्रकारका धातुलाई मिसाएर बनाइने मिश्र धातु हो। भारतीय शिक्षा मन्त्रालयको साथी पोर्टलका अनुसार रेयर अर्थ म्याग्नेटको विशेषता उच्च चुम्बकीय शक्ति, उच्च कोएर्सिभिटी र उच्च शक्ति उत्पादन हो। चुम्बकीय शक्ति अर्थात् म्याग्नेटिक स्ट्रेन्थ भनेको एक म्याग्नेटले अर्को म्याग्नेटलाई तान्ने वा टाढा धकेल्ने क्षमता हो। कोएर्सिभिटी भनेको म्याग्नेट डिम्याग्नेटाइज अर्थात् अचुम्बक हुनबाट बच्ने शक्ति हो। एनर्जी प्रोडक्ट अर्थात् ऊर्जा उत्पादन भनेको म्याग्नेटले स्टोर गर्न सक्ने म्याग्नेटिक ऊर्जाको मात्रा हो। रेयर अर्थ म्याग्नेटको उच्च म्याग्नेटिक स्ट्रेन्थ यसको अलोयमा धेरै संख्यामा अनपेयर्ड इलेक्ट्रोन भएको कारण हुन्छ, जसले अत्यन्त बलियो म्याग्नेटिक फील्ड बनाउँछ। बीबीसीका अनुसार कोएर्सिभिटी यसको उच्च म्याग्नेटोक्रिस्टलाइन एनीजो्ट्रोपीका कारण हुन्छ, जसले म्याग्नेट भित्रका एटमका म्याग्नेटिक मोमेन्टलाई मजबूतीका साथ एक दिशामा मिलाइदिन्छ, र यसले डिम्याग्नेटाइज हुन कठिन बनाउँछ। रेयर अर्थ म्याग्नेटको उच्च ऊर्जा उत्पादन यसको उच्च शक्ति र उच्च कोएर्सिभिटीको संयोजनका कारण हुन्छ जसले यी म्याग्नेटलाई धेरै ऊर्जा भण्डारण गर्न सक्षम बनाउँछ। प्रयोग हुने क्षेत्रहरू: • इलेक्ट्रिक मोटर • जेनेरेटर • हार्ड डिस्क ड्राइभ • एमआरआई मेसिन • हेडफोन • माइक्रोफोन • म्याग्नेटिक सेपरेटर • म्याग्नेटिक बेयरिङ • म्याग्नेटिक गहना The post भारत सरकारद्वारा ७ खर्ब रुपैयाँमाथिको ‘रेयर अर्थ म्यानुफ्याक्चरिङ कार्यक्रम’लाई स्वीकृति: के हो यो तत्व? appeared first on Technology Khabar.