मौसम विभागले भन्यो- केही घण्टा कोशी, मधेस र बागमती प्रदेश बढी प्रभावित हुने देखिन्छ - www.pardafas.com
Source: pfds
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल (शनिबार बिहान १० बजे) विशेषगरी मधेस प्रदेश र बागमती प्रदेशका अधिकांश स्थान तथा कोसी प्रदेशका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको छ। वर्षा गराउने प्रणाली पूर्व-उत्तर पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले सुझाव दिएको छ। शनिबार (आज) बिहान १० बजे मौसम विभागले चेतावनी दिँदै अगाडि भनेको छ, ‘अब केही घण्टा विशेषगरी कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश बढी प्रभावित हुने देखिन्छ।’