Redirecting...

फूट्यो काँग्रेस: मध्यरातमा घोषणा भएको नयाँ कार्यसमिति कस्तो छ त ? - kendrabindu.com

फूट्यो काँग्रेस: मध्यरातमा घोषणा भएको नयाँ कार्यसमिति कस्तो छ त ? - kendrabindu.com
Source: kend

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरिएको छ । आइतबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण केन्द्रीय कार्यसमिति सार्वजनिक गरेका हुन् । विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार थापा सभापतिमा सर्वसम्मत चयन भएका हुन् । नयाँ कार्यसमितिअन्तर्गत दुई उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् । महामन्त्रीमा प्रदीप पौडेल र गुरु राज घिमिरे रहेका छन् । सह–महामन्त्री पदमा समावेशी संरचनाअनुसार विभिन्न समुदाय र क्षेत्रबाट प्रतिनिधित्व गरिएको छ । महिला सह–महामन्त्रीमा डा. डिला संग्रौला पन्त चयन भएकी छन् भने दलिततर्फ प्रकाश रसाईली स्नेही, आदिवासी जनजातितर्फ बहादुर सिंह लामा, खसआर्यतर्फ उदय शम्शेर राणा, मधेशीतर्फ मुक्ता कुमारी यादव, मुस्लिमतर्फ फर्मुल्ला मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रतर्फ कर्ण बहादुर बुढा सह–महामन्त्री चयन भएका छन् । केन्द्रीय सदस्यतर्फ खुला कोटाबाट ३५ जना चयन भएका छन् । खुला सदस्यहरूमा गोपालमान श्रेष्ठ, ओमकार प्रसाद श्रेष्ठ, अर्जुन नरसिंह के.सी., राजेन्द्र कुमार के.सी., अर्जुन प्रसाद जोशी, सुरेश कुमार योङ्या, चिनकाजी श्रेष्ठ, सुधिर सिवाकोटी, भरत शाह, मधु आचार्य, अमृत अर्याल, धुर्व वाग्ले, देवराज चालिसे, विनोद चौधरी, मोहन आचार्य, उज्वल बराल, जनक गिरी, देव प्रसाद तिमिल्सिना, अजय बाबु सिवाकोटी, प्रेम बहादुर खड्का, जयराम लामिछाने, बसन्त भट्टराई, प्रदीप शर्मा, जगत जोशी, प्रमोदहरी गुरागाईं, डा. केदार नरसिंह के.सी., विदुर बस्नेत, तिर्थ जंग शाही, भरत खड्का, सुवास पोखरेल, शम्भु बुढाथोकी, धर्मराज गौतम, टेकराज पौडेल, तिलक रानाभाट र राजेन्द्र गोपाल सिंह रहेका छन् । महिला खुलातर्फ चम्पा देवी खड्का, धना खतिवडा, नानु बास्तोला, चिनु पोखरेल, जानकी सिंह, प्रतिमा गौतम, गीता सत्याल, सन्तोषी साउद ऐरी र दिल कुमारी राई केन्द्रीय सदस्य चयन भएका छन् । प्रदेशगत संरचनाअनुसार कोशी प्रदेशबाट महिला सदस्यमा सारदा देवी कोइराला तथा खुलामा हिमालय कर्माचार्य र अग्नि पौडेल चयन भएका छन् । मधेश प्रदेशबाट महिला सदस्यमा मधु शाही तथा खुलामा रामानन्द यादव र बजरंग नेपाली चयन भएका छन् । बागमती प्रदेशबाट महिला सदस्यमा उमा दाहाल तथा खुलामा जितनारायण श्रेष्ठ र रमेश धमाला रहेका छन् । गण्डकी प्रदेशबाट महिला सदस्यमा विष्णु देवी पाण्डे तथा खुलामा रेशम बानिया र कृष्ण के.सी. चयन भएका छन् । लुम्बिनी प्रदेशबाट महिला सदस्यमा पवित्रा कुमारी अर्याल तथा खुलामा केशव आचार्य र राम बहादुर कार्की रहेका छन् । कर्णाली प्रदेशबाट महिला सदस्यमा राम देवी खड्का तथा खुलामा दिक्पाल शाही र नारायण भट्टराई चयन भएका छन् । सुदूरपश्चिम प्रदेशबाट महिला सदस्यमा निपा चोख्याल तथा खुलामा हिम बहादुर रावल र नरेन्द्र प्रसाद भट्ट रहेका छन् । अपाङ्गता भएका खुला कोटाबाट प्रकाश पन्थ र अल्पसंख्यकतर्फ शिवनारायण सिंह गनगाई केन्द्रीय सदस्य बनेका छन् । दलित महिला कोटाबाट सिता मिजार, छायाँ सुनार, गंगा सुनार र लिला नेपाली चयन भएका छन् भने दलित खुलातर्फ मैकुलाल बाल्मिकी, शिव बहादुर सुनार, धर्म नेपाली दर्जी, सूर्य बि.क. र दिनेश सुनार रहेका छन् । आदिवासी जनजाति महिला कोटाबाट सपनाराज भण्डारी, प्रमिला राई, मन कुमारी गुरुङ, कुशुमदेवी थापामगर, लिलादेवी बोखिम लिम्बु, डा. अमिता प्रधान र छीन्दुल्होमु शेर्पा चयन भएका छन् । आदिवासी जनजाति खुलातर्फ तारामान गुरुङ, अस्तकुमार कबे, छन्द बहादुर पहराई मगर, नगेन्द्र कुमाल, शम्भुलाल श्रेष्ठ, भिम श्रिष, नरेन्द्र केरुङ र दिपन श्रेष्ठ रहेका छन् । खसआर्य महिला कोटाबाट उमा सिवाकोटी, बाला अधिकारी, मुना भुषाल, इन्दिरा कार्की, विनिता खड्का र सम्झना खत्री चयन भएका छन् । खसआर्य खुलातर्फ विजय स्वार, मथुरा घिमिरे, जगदिश चन्द्र उपाध्याय, विष्णु कुमार कार्की, विश्वनाथ रिजाल, केशव भेटुवाल र कमल भुषाल रहेका छन् । मधेशी महिला कोटाबाट अञ्जु झा, चन्द्रकला कुमारी यादव, गोमा अन्सारी र निलम साह चयन भएका छन् भने मधेशी खुलातर्फ राम पल्टन शाह, नागेन्द्र शाह, राधेश्याम पाठक, सनिल कुमार यादव र रामरूप प्रसाद रहेका छन् । मुस्लिम महिला कोटाबाट सनम वेगम तथा मुस्लिम खुलाबाट अब्दुल रज्जाक गद्दी र अब्दुल सत्तार चयन भएका छन् । थारु महिलातर्फ नवोदिता चौधरी र सुनिता राना तथा थारु खुलातर्फ सुरेन्द्र प्रसाद चौधरी र गोपाल दहित केन्द्रीय सदस्य बनेका छन् । पिछडिएको क्षेत्र खुलातर्फ दिपक जंग शाह चयन भएका छन् । यसअघि शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठकले गगन थापासहित तीन नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । तर विशेष महाधिवेशनले उक्त निर्णय खारेज गरेसँगै नेपाली कांग्रेसभित्र देउवा समूह र गगन समूहबीच आधिकारिकताको विवाद सतहमा आएको छ । अब पार्टीको वैधानिकता, केन्द्रीय कार्यालयको नियन्त्रण र निर्वाचन आयोगको मान्यताका विषयमा विवाद चर्किने देखिएको छ ।