भोजपुरबाट प्रतिनिधिसभा उम्मेदवारमा एमाले केन्द्रीय सचिव शेरधन राई सिफारिस - ehimalayatimes.com
Source: hmlt
भोजपुर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) भोजपुरले पार्टीका केन्द्रीय सचिव शेरधन राईलाई सिफारिस गरेको छ। एमाले जिल्ला कमिटी भोजपुरको मंगलबार जिल्ला सदरमुकाममा बसेको छैटौं पूर्ण बैठकले राईको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको हो। साथै, आज बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले उनलाई कोशी प्रदेशको संयोजकको जिम्मेवारी प्रदान गरेको थियो। एमाले भोजपुरका अनुसार, सचिव राईको विकल्पमा अन्य बलियो उम्मेदवार नदेखिएको हुँदा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनलाई नै सर्वसम्मत रूपमा चयन गरिएको हो। समानुपातिक तर्फ भने पार्टीले यसअघि नै नामावली निर्वाचन आयोगमा पेश गरिसकेको छ।