Redirecting...

ओली समूहले समेट्यो रघुजी पन्तलाई - www.sutranews.com

ओली समूहले समेट्यो रघुजी पन्तलाई - www.sutranews.com
Source: sutr

काठमाडौं । नेकपा (एमाले)को जारी ११औँ महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल समूह आगामी नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका छन् । सोमबार मनोनयन दर्ता भएको थियो । ओली समूहबाट बाहिरिएर उपाध्यक्ष पदमा उम्मेदवारी दिएका रघुजी पन्तलाई मंगलबार ओली समूहले आफ्नो सूचीमा समावेश गरेको छ । प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि उनको स्थानमा पन्तलाई ओली समूहले समेटेको हो । सोमबार ओली समूहले पन्तलाई केन्द्रीय सदस्यको लिष्टमा राखेपछि उनले ओली क्याम्प छाडेर उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । महासचिव मागेका ज्ञवालीले उपाध्यक्ष पद अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्र उम्मेवारी दिएका छन् ।