१ लाख ८६ हजार नगदसहित जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ - bankingsamachar.com
काठमाडौं – विभिन्न स्थानहरूबाट जुवा तास खेलिरहेको अवस्थामा २० जनालाई पहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूको साथबाट प्रहरीले १६ बुक तास र १ लाख ८६ हजार बरामद गरेको हो । काठमाडौं महानगरपालिका–१६ नागरिक बजारस्थित सोही महानगरपालिका– १६ खरिबोट बस्ने धादिङ गंगाजमुना गाउँपालिका– ६ घर भएका ३१ वर्षीय हाल राजु न्यौपानेको मामा भान्जा होटेलमा जुवा तास खेलिरहेको अवस्थामा राजु समेत ५ जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी बिट रानीवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार १ सय ३५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो।यसैगरी काठमाडौं महानगरपालिका– १६ माछा पोखरी बस्ने विजय थापाको घरमा जुवा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने झापा भद्रपुर नगरपालिका– १ घर भएकी ५२ वर्षीया लक्ष्मी तामाङ समेत ७ जनालाई बुधवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ हजार ३ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका– ५ स्थित गोपाल श्रेष्ठको चिया–नास्ता पसलमा जुवा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका– ५ धिमाल चोक बस्ने इलाम घर भएका ३८ वर्षीय तीर्थराज तामाङ समेत ८ जनालाई बुधवार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १४ हजार ५ सय ५५ रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।