झापामा रुखबाट लडेर ७१ वर्षीय वृद्धको मृत्यु - ehimalayatimes.com
Source: hmlt
झापा । झापाको शिवसताक्षीमा रुखबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–२ इन्द्रेणीचोकका ७१ वर्षीय आनन्दहाङ लिम्बु भएकोे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लिम्बु घाँस काट्ने क्रममा पिपलको रुखबाट लडेको प्रहरीले जनाएको छ । उहाँ आफ्नै बारीमा रहेको पिपलको रुखमा चढेर घाँस काट्दै गर्दा एक्कासी लड्नु भएको थियोे । गम्भीर घाइते उहाँलाई दमक अस्पताल दमक लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । घटना हिजोको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।