सुडानमा शान्ति सेनाको शिविरमाथि आक्रमण, संयुक्त राष्ट्रसङ्घ प्रमुखद्वारा कडा निन्दा - farakdhar.com
Source: FRDH
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले शनिबार सुडानको काडुग्लीमा रहेको संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको सामग्री भण्डारण आधार शिविरमाथि भएको मानवविहीन विमान आक्रमणको कडा निन्दा गरेका छन् । महासचिवले जारी गरेको विज्ञप्तिमा उक्त आक्रमणका कारण छ जना शान्ति सैनिकको मृत्यु हुनुका साथै आठ जना घाइते भएको जनाइएको छ । मृतक र घाइते सबै एबिएई क्षेत्रका लागि खटाइएको संयुक्त राष्ट्रसङ्घीय अन्तरिम सुरक्षा बलअन्तर्गत कार्यरत बङ्गलादेशी शान्ति सैनिक हुन् । महासचिव गुटेरेसले बङ्गलादेश सरकार र जनताप्रति तथा ज्यान गुमाएका शान्ति सै...