Redirecting...

प्रमुख राजनीतिक दलहरू कमजोर हुँदा मुलुकमा निरङ्कुश प्रवृत्ति हावी हुने खतरा : पूर्णबहादुर खड्का - janatatimes.com

प्रमुख राजनीतिक दलहरू कमजोर हुँदा मुलुकमा निरङ्कुश प्रवृत्ति हावी हुने खतरा : पूर्णबहादुर खड्का - janatatimes.com
Source: jant

काठमाडौं, मंसिर २७ ।नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेकपा (एमाले)ले आफ्नो ११ औँ महाधिवेशनमार्फत सर्वसम्मत विधि र प्रक्रियाबाट सक्षम नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभएको छ। शनिबार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित नेकपा (एमाले)को ११ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले महाधिवेशनको माध्यमबाट एमालेलाई समयसापेक्ष बनाउने योग्य नेतृत्व चयन हुने बताउनुभयो। कार्यवाहक सभापति खड्काले प्रमुख राजनीतिक दलहरू कमजोर हुँदा मुलुकमा निरङ्कुश प्रवृत्ति हावी हुने खतरा बढ्ने स्मरण गराउँदै लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरू मजबुत हुनुपर्नेमा जोड दिनुभयो। बहुदलीय व्यवस्थामा राजनीतिक दलहरू संगठित, व्यवस्थित र जनप्रिय हुन आवश्यक रहेको उहाँको भनाइ थियो। उहाँले एमाले महाधिवेशनले वर्तमान राजनीतिक परिस्थितिको सही ढंगले विश्लेषण गर्दै आगामी बाटो तय गर्न सहयोग गर्ने तथा अन्य राजनीतिक दलहरूसँग सहकार्यको वातावरण निर्माण गर्ने विश्वास पनि व्यक्त गर्नुभयो। खड्काले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनकाे नाममा भएकाे विध्व‌ंशले मुलुकलाई गम्भीर समस्यातर्फ धकेलेको उल्लेख गर्दै त्यसक्रममा ऐतिहासिक सम्पत्ति तथा विभिन्न राजनीतिक दलका कार्यालयहरू जलाइएको घटनाप्रति चिन्ता व्यक्त गर्नुभयो। ती गतिविधिहरू आपराधिक भएको उल्लेख गर्दै उहाँले यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई समयले माफ नगर्ने स्पष्ट गर्नुभयो।