Redirecting...

पूर्वन्यायाधीश बमकुमारको ‘करौँतीको बोट’ - ehimalayatimes.com

पूर्वन्यायाधीश बमकुमारको ‘करौँतीको बोट’ - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । गीतकार एवं सर्वोच्च अदालतका पूर्वन्यायाधीश बमकुमार श्रेष्ठको प्रेमिल भावको गीत ‘करौँतीको बोट’ सार्वजनिक गरिएको छ । विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा सन्तोष र शान्तिश्री परियारको स्वरमा युगल गीत सार्वजनिक भएको हो । राजु कार्कीको संगीतसंयोजन, एसबी मुस्कानको र दिल समर्पणको संगीतसञ्चयक, प्रकाश मिश्रको संगीत सम्पादक रहेको गीतलाई अकष्टिक नेपालमा संगीत सञ्चयन गरिएको हो । उत्सव दाहालको छायांकन एवं विकास दाहालको दृश्य सम्पादन रहेको गीतमा करिश्मा ढकाल र सुरेश कोहिलले अभिनय छ । गीतको श्रव्यदृश्य सन्तोष श्रेष्ठको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।