रुसी तेल खरिदमा भारतको भूमिकाप्रति अमेरिकाको तीव्र असन्तुष्टि - farakdhar.com
Source: FRDH
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतको निरन्तर रुसी तेल आयातप्रति तीव्र असन्तुष्टि जनाउँदै यसलाई द्विपक्षीय सम्बन्धमा ‘चिढ्याउने विन्दु’ भनेका छन् । उनले भारतको यस्तो क्रियाकलापले युक्रेनमा रुसको युद्ध प्रयासलाई आर्थिक सहयोग पुगेको टिप्पणी गरेका हुन् । ‘भारत हाम्रो रणनीतिक साझेदार हो । तर, रुसी तेल किनेर उसले युद्धलाई नै वित्त पोषण गरिरहेको छ,’ रुबियोले फक्स रेडियोलाई भने । उनका अनुसार, प्रतिबन्धका कारण सस्तोमा उपलब्ध र रुसी ऊर्जा स्रोत भारतको प्राथमिकतामा परे पनि यसले द्विपक्षीय सम्बन्धमा असर पारे...