Redirecting...

चर्च ब्वाइजले आर्मीलाई हरायो - www.hamrokhelkud.com

चर्च ब्वाइजले आर्मीलाई हरायो - www.hamrokhelkud.com
Source: hkhe

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा यु-१६ युथ लिगमा आजको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-१ ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमाचर्च ब्वाइजको जितमा आर्यन नेगीले २ र सुशन थापा मगरले १ गोल गरे । आर्मीका सोहित बाइबाले सान्त्वना गोल फर्काए । नेगीले ३४औं तथा ४५औं मिनेटमा गोल गर्दा सुशनले इन्ज्युरी समयमा गोल गरे । आर्मीका सोहितले ५८औं मिनेटमा सान्त्वना गोल फर्काए । जितपछि चर्च ब्वाइजको १० खेलबाट १७ अंक भएको छ । समान खेलबाट आर्मीको ६ अंक छ । आजै भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी) र मनाङ मर्स्याङ्दी क्लब गोल रहित बराबरीमा रोकिएका छन् । खेल अवधी भर दुवै टोली केही राम्रा प्रयास गरेका भए पनि गोल गर्न भने सकेनन् । बराबरीसँगै मनाङले शीर्ष स्थानको पुलिसँग अंक दुरी कम गर्ने मौका गुमाएको छ । मनाङको १० खेलबाट २१ अंक छ । समान खेलबाट एनआरटीको ९ अंक छ ।The post चर्च ब्वाइजले आर्मीलाई हरायो first appeared on हाम्रो खेलकुद.