युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का - www.hamrokhelkud.com
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै फेनरबाचले दबदबा कायम गर्यो। केरिम अक्टुरकोग्लूले पहिलो गोल गरे। त्यसपछि ब्रानका इभिन्ड हेल्ल्यान्डले युसुफ एननेसरीलाई रोक्न गरेको फाउलका कारण रातो कार्ड पाएपछि खेल एकतर्फी बन्यो। तालिस्काले २ भलिमा र एक हेडरमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरे। उता, घरेलु समर्थकको राम्रो उपस्थिति बीच फेरेन्कभारोसले रेन्जर्सलाई २-१ ले हराउँदै अपराजित यात्रालाई निरन्तरता दियो। खेलको करिब ३०औं मिनेटमा बोजन मियोभ्स्कीले रेन्जर्सलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफ सकिनुअघि बेन्से ओत्वोसले बराबरी गोल गरे। घरेलु टोलीले ७३औं मिनेटमा क्यालम ओडौडाको क्रसलाई बार्नाबास वर्गाले हेडरमार्फत गोलमा परिणत गरे । त्यहि गोलले टोलीको नक आउट चरणको पक्का भयो। नेदरल्याण्ड्समा उत्रेख्ट र नटिङ्घम फरेस्टबीचको खेल रोमाञ्चक रह्यो। नटिङघम २-१ ले विजयी भयो।कालिमुएन्डोले फरेस्टलाई अग्रता दिलाएका थिए। तर ७३औं मिनेटमा माइक भान डेर होर्नले हेडरमार्फत बराबरी गरे । अन्त्यतिर गोलरक्षकले बचाएको हेडरबाट आएको बललाई इगोर जिससले रिबाउन्डमा गोल गर्दै नटिङ्घमलाई जित दिलाए । स्कटल्याण्डमा सेल्टिकले रोमालाई घरेलु मैदानमा रोक्न सकेन। रोमा ३-० ले विजयी भयो। अर्को खेलमा मिड्ट्युल्यान्डले जेनकलाई १-० ले पराजित गर्दै पाँचौँ जित निकाल्यो । शीर्ष ३ टोली मिड्ट्युल्यान्डले, लियोन र एस्टन भिल्लाले समान १५ अंक जोडेका छन्। एस्टन भिल्लाले बासेललाई २-१ ले हरायो। सबैभन्दा नाटकीय खेल रोमानियामा भयो। जहाँ एफसीएसबीले फेनुर्डविरुद्ध ३–१ ले पछि परेर पनि अन्त्यमा ४–३ को जित निकाल्यो। इन्जुरी समयमा फ्लोरिन तनासेको गोलले घरेलु मैदानमा उपस्थित समर्थकलाई खुसी बनायो । पानाथिनाइकस र भिक्टोरिया प्लेजेनबीचको खेल गोलरहित बराबरीमा सकियो । पिएओके र लुडोगोरेट्सबीचको खेल ३–३ को बराबरीमा टुंगियो। The post युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का first appeared on हाम्रो खेलकुद.