Redirecting...

सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि सकिँदैन : प्रधानमन्त्री - www.pardafas.com

सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि सकिँदैन : प्रधानमन्त्री - www.pardafas.com
Source: pfds

प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि नसकिने स्थिति रहेको बताएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काममा ढिलासुस्ती गर्दा यो अवस्था आएको भन्दै आफूले बारम्बार बैठक बोलाएर छिटो काम सम्पन्न गर्न निर्देशन दिएको पनि बताए । तीन वर्षसम्म सकिसक्नुपर्ने आयोजना ६ वर्ष भइसक्दा समेत नसकेको स्थिति रहेको बताए । उनले अहिले जलवायु परिवर्तनको कारण अनौठो समस्या आइरहेको बताए । ‘हाम्रा कामहरुमा ढिलासुस्ती छ । सुनकोशी मरिन डाइभर्सन दुई, तीन वर्षमा सक्नुपर्ने, पाँच, ६ वर्ष भइसक्यो, कति वटा पक्ष त्यसको शुरु नै भएको छ । यसै हिसावले गर्ने हो भने २५ वर्षमा पनि नसकिने गरी काम भइरहेको छ । यसमा ताकेता गरेर अघि बढाइरहेको छु । कामप्रति ठेकेदारलाई झक्झक्याइरहेको छु । दुई पटक ठेकेदार कम्पनी र मन्त्रालयका मानिसहरु राखेर पनि कुरा गरेँ, कसरी अघि बढाउने भनेर’ उनले भने । अन्नको भण्डार तराईमा वर्षा नहुँदा हालसम्म ५० प्रतिशत भन्दा बढी रोपाईं हुन नसकेको बताए । देशभरमा अहिलेसम्म २५ लाख हेक्टर सिंचाईयोग्य जमिनमा १५ लाख हेक्टरमा मात्रै सिंचाई पु¥याएको बताए । सबै महिना सबै सिजनमा खेती लगाउन सकिने गरी ५ लाख हेक्टरमा मात्रै सिंचाईको सुविधा रहेको बताए । सबै महिनामा सिंचाई पु¥याउन अब पाँच गुणा बढी मेहनत गर्नुपर्ने र अरु ४० प्रतिशत मेहनत सिजनल सिंचाईका लागि पनि गर्नुपर्ने अवस्था रहेको बताए । प्रधानमन्त्री ओलीले साउन १५ लाई सबै नेपालीले खुशीसाथ मनाउने गरी आगामी दिनमा वातावरण मिलाउनुपर्ने बताए ।