हात्तीको आक्रमणबाट वृद्धको मृत्यु - annapurnapost.com
Source: anna
सप्तरी : कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जंगली हात्तीको आक्रमणबाट आज वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप नगरपालिका–५ निवासी ६५ वर्षीय नारायण खङ्ग रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घरदेखि करिब एक किलोमिटर टाढा रहेको खेतमा काटिएको धान हेर्न गएकाबेला उनलाई जंगली हात्तीले आक्रमण गरेको थियो।