स्थानीयको अवरोधपछि रातारात धमाधम पिच, वडाध्यक्ष नै फिल्डमा - www.onlinepana.com
Source: onpa
काठमाडौँ । बालाजु बाइपास सडक धमाधम पिच हुन थालेको छ । चौतर्फी विरोधपछि शुक्रबार रातिको समय सडक पिच गर्न सुरु गरिएको छ । अहिले वडा नम्बर १६ की वडाध्यक्ष रोजिना श्रेष्ठ आफैँ फिल्डमा खटिएकी छन् । वडाध्यक्षको निगरानीमा काम हुँदै छ । एक महिनाअघि काठमाडौँ महानगरपालिकाले सडक खनेर अलपत्र गरेसँगै स्थानीयले बालाजु बाइपास सडक बन्द गरेका थिए । सडक धूलो मुक्त बनाउने भन्दै महानगरले काम सुरु गरेपनि खनेर अलपत्र छोड्दा सडक झन् धुल्लामे हुँदा स्थानीयले सास्ती भोग्नु परेकोले स्थानीयले सडक बन्द गरेका थिए। The post स्थानीयको अवरोधपछि रातारात धमाधम पिच, वडाध्यक्ष नै फिल्डमा appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).