माइक्रोसफ्टसँग पर्प्लेक्सिटीको ७५० मिलियन डलरको एआई क्लाउड सम्झौता - www.technologykhabar.com
एआई स्टार्टअप पर्प्लेक्सिटीले माइक्रोसफ्टसँग ७५० मिलियन अमेरिकी डलर बराबरको तीन वर्षे सम्झौता गरेको ब्लूमबर्ग न्यूजले जनाएको छ। सम्झौताअनुसार पर्प्लेक्सिटीले माइक्रोसफ्टको एजुर क्लाउड सेवा प्रयोग गर्नेछ। एनभिडियाको लगानी प्राप्त पर्प्लेक्सिटीले माइक्रोसफ्टको ‘फाउन्ड्री’ कार्यक्रममार्फत ओपनएआई, एन्थ्रोपिक र एक्सएआईका एआई मोडेलहरू सञ्चालन गर्न सक्ने ब्लूमबर्गको रिपोर्टमा उल्लेख छ। रोयटर्सका अनुसार पर्प्लेक्सिटीका प्रवक्ताले एक्स, ओपनएआई र एन्थ्रोपिकका अत्याधुनिक (फ्रन्टियर) मोडेलहरूमा पहुँचका लागि माइक्रोसफ्टसँग साझेदारी गरिएको पुष्टि गरेका छन्। साथै माइक्रोसफ्टसँगको सम्झौताका कारण आफ्नो मुख्य क्लाउड प्रदायक अमेजन वेब सर्भिसेज (एडब्लूएस) बाट खर्च स्थानान्तरण नगरिएको पनि उनले बताएका छन्। यसअघि अमेजनले पर्प्लेक्सिटीविरुद्ध मुद्दा दायर गरेको थियो। अमेजनको आरोपअनुसार पर्प्लेक्सिटीको ‘एजेन्टिक’ शपिङ फिचरले स्वचालन प्रयोग गरी प्रयोगकर्ताका तर्फबाट अर्डर राख्दा अमेजन ग्राहक खातामा गोप्य रूपमा पहुँच गरेको र स्वचालित गतिविधिलाई मानवीय ब्राउजिङझैँ देखाएको थियो। The post माइक्रोसफ्टसँग पर्प्लेक्सिटीको ७५० मिलियन डलरको एआई क्लाउड सम्झौता appeared first on Technology Khabar.