देउवाले गगन र विश्वप्रकाशलाई भेटेका छैनन्: सचिवालय - nepalkhabar.com
Source: nkkb
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग भेट गरेको भनेर गरिएको प्रचार गलत भएको देउवाको सचिवालयले जनाएको छ। देउवाका स्वकीय सचिव भानु देउवाले सूचना जारी गरी विशेष महाधिवेशनले कांग्रेसको नयाँ कार्यसमिति चयन गरेयता उनीहरूसँग भेटघाट नगरेको जानकारी गराएका हुन्।...