कुलमानलक्षित शंकर पोखरेलको टिप्पणी- योजना एउटाको, जस पायो अर्कोले - farakdhar.com
Source: FRDH
नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालसालै घोषणा गरिएको ‘उज्यालो नेपाल पार्टी’ को प्रसंग उठाउँदै आलोचनात्मक टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष नाम नलिएर योजनाको जन्म, प्राप्त श्रेय र पार्टी गठनबीच मेल नखाने स्थिति देखिएको आरोप गरेका छन् । ‘उज्यालो नेपाल’ को अवधारणा तयार पार्ने व्यक्ति अलग भए पनि त्यसको मान्यता अर्कैले बटुलेको पोखरेलको धारणा छ । वास्तविक योगदान गर्नेले पहिचान नपाउने अभ्यास कहिलेसम्म दोहोरिने हो भन्ने उनले प्रश्नसमेत गरेका छन् । &lsquo...