पाँच हजार नजिक पुग्यो चाँदी, चार सयले घट्यो सुन - nagariknews.nagariknetwork.com
Source: ngrk
स्थानीय बजारमा बुधबार (आज) सुनचाँदीको मूल्यमा ठुलो परिवर्तन देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीले नयाँ रेकर्ड बनाएको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँ बढेर चार हजार ९३५ रुपैयाँमा कारोबार भइरहेको छ। यो अहिले सम्मकै धेरै हो।यस्तै आज सुनको भाउ सामान्य घटेको छ। महासंघका अनुसार सुन प्रतितोला चार सय रुपैयाँ घटेर दुई लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।