नारायणगढ–नागढुंगा सडक एकतर्फी सञ्चालन - ukaalo.com
Source: uklo
मुग्लिन– पहिरोका कारण शुक्रबार बिहानदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुंगा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। धादिङ बेनिघाट रोराङ–१० जवाङखोलामा खसेको पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाइएको र चितवनको इच्छाकामना–५ तुइनखोला पुलमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। पहिरो पन्छाउने र सवारीसाधन पार गराउने कार्य जारी रहेको र जुनसुकै बेला ठूलो पहिरो खस्ने जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न उनले आग्रह गरेका छन्। पानी परिरहेको र ढुंगा–माटो झर्ने क्रम जारी रहेकाले उच्च जोखिम भने कायम रहेको प्रहरी जनाएको छ।