Redirecting...

सालपा विकास बैंकको आइपीओ भर्ने आज अन्तिम दिन - bankingsansar.com

सालपा विकास बैंकको आइपीओ भर्ने आज अन्तिम दिन - bankingsansar.com
Source: bsas

काठमाडौँ। सालपा विकास बैंकको आइपीओ भर्ने मंसिर २९ गते अन्तिम दिन रहेको छ। वैदेशिक रोजगारमा रहेका नेपालीले सालपा विकास बैंकको आइपीओ भर्ने आज अर्थात् मंसिर २९ गते अन्तिम दिन रहेको हो । बैंकले गत मंसिर २५ गतेदेखि पहिलो चरणको सर्वसाधारणलाई छुट्याइएको कुल १७ लाख २३ हजार ८८० कित्ताको १० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका १ लाख ७२ हजार ३८८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आइपीओमा न्यूनतम १० र अधिकतममा २५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा मेरो सेयरबाटसमेत आवेदन दिन सकिनेछ।