गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प - www.kathmandupati.com
Source: kpti
काठमाण्डु– म्याग्दीमा भूकम्प गएको छ। म्याग्दीको गुर्जाखानी आसपास भएर ४.५ म्याग्निच्युडको भूकम्प मापन गरिएको हो । मंगलबार दिउँसो १ बजेर २ मिनेटमा गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको पराकम्प म्याग्दी, पर्वत, बागलुङसहितका जिल्लामा महसुस भएको थियो।