Redirecting...

अष्ट्रेलिया र पापुवा न्युगिनीबिच रक्षासम्बन्धी सन्धिमा हस्ताक्षर - www.sutranews.com

अष्ट्रेलिया र पापुवा न्युगिनीबिच रक्षासम्बन्धी सन्धिमा हस्ताक्षर - www.sutranews.com
Source: sutr

क्यानबेरा । अष्ट्रेलिया र पापुवा न्युगिनीले रक्षासम्बन्धी पुकपुक सन्धिमा हस्ताक्षर गरेका छन् । याेसँगै दुई देशबीचको सुरक्षा साझेदारीलाई नयाँ उचाइमा पुर्‍याएको छ। प्रधानमन्त्री एनथोनी अल्बानेस र पापुवा न्युगिनीका प्रधानमन्त्री जेम्स मरापेले क्यानबेरामा औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरेका हुन्। यो सन्धि अष्ट्रेलियाको पछिल्ला ७० वर्षयता भएको पहिलो नयाँ रक्षा सम्झौता हो। रक्षा सन्धिअन्तर्गत यदि दुबै देशमध्येको कुनै एकमाथि बाह्य आक्रमण हुन्छ भने अर्कोले सहयोग गर्नेछ। साथै, अष्ट्रेलियाले पापुवा न्युगिनीका नागरिकहरूलाई आफ्नै सेनामा सेवा गर्ने अवसर दिने प्रस्ताव गरेको छ, जसअन्तर्गत करिब १० हजार सैनिकलाई तालिम र रोजगारीको अवसर प्रदान गरिनेछ। अष्ट्रेलियाली रक्षा मन्त्रालयका अनुसार यो सन्धिले ‘प्रशान्त क्षेत्रमा स्थायित्व र पारस्परिक सुरक्षालाई सुदृढ’ गर्नेछ। यो सम्झौता अष्ट्रेलियाको चीनविरुद्धको रणनीतिक कदमको रूपमा हेरिएको छ। पछिल्ला वर्षहरूमा चीनले प्रशान्त क्षेत्रका साना टापु राष्ट्रहरूसँग आर्थिक र पूर्वाधार सहयोग बढाउँदै आएको छ, जसलाई अष्ट्रेलियाले आफ्नो प्रभाव क्षेत्रमा चुनौतीका रूपमा लिएको छ। सन्धिमार्फत अष्ट्रेलियाले पापुवा न्युगिनीमा आफ्नो उपस्थितिलाई सुदृढ बनाउँदै चीनको प्रभावलाई सन्तुलन गर्ने प्रयास गरेको बताइन्छ। पापुवा न्युगिनीभित्र भने यो सम्झौताले सार्वभौमिकता र राष्ट्रिय स्वतन्त्रतामा असर पार्ने भन्दै केही आलोचना पनि भएको छ। पूर्व रक्षा प्रमुखहरूले सन्धिलाई ‘अष्ट्रेलियाको हितमुखी’ भन्दै संसदमा विस्तृत छलफलपछि मात्र कार्यान्वयन गर्न माग गरेका छन्। त्यस्तै, चीनले यस सम्झौतिप्रति असन्तुष्टि जनाउँदै यसले “क्षेत्रीय स्थायित्वमा असर पार्न सक्छ” भन्ने चेतावनी दिएको छ। ‘रक्षा सन्धि’लाई अष्ट्रेलिया र पापुवा न्युगिनीबीचको सम्बन्धमा ऐतिहासिक मोडको रूपमा हेरिएको छ। विश्लेषकहरूका अनुसार यो सम्झौताले प्रशान्त क्षेत्रको शक्ति सन्तुलनमा दीर्घकालीन प्रभाव पार्नेछ।