Redirecting...

खोलामा बालुवा खोज्न गएका थिए, विद्युत् पोलमा छुँदा करेन्ट लागेर मृत्यु - www.sutranews.com

खोलामा बालुवा खोज्न गएका थिए, विद्युत् पोलमा छुँदा करेन्ट लागेर मृत्यु - www.sutranews.com
Source: sutr

काठमाडौं । बैतडीमा करेन्ट लागेर आज एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका-३ गिरीबगर निवासी केशव कोलीका १३ वर्षीय छोरा किरण कोली रहेको प्रहरीले जनाएको छ। आज दिउँसो स्थानीय डिन्नीगाड खोलामा बालुवा सङ्कलन गर्न गएका किरणले नजिकै रहेको विद्युत् पोलमा छुन पुगेपछि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए। उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए।