कालिकाको विजयी सुरुवात - www.hamrokhelkud.com
सुशील पन्त क्षेत्री, भरतपुर भरतपुरमा राष्ट्रिय युवा संघ नेपाल कप फुटबल सुरु भएको छ । राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा आज सुरु भएको प्रतियोगितामा राष्ट्रिय युवा संघ कालिका नगर कमिटीले जित निकालेको छ । भरतपुर ७ कृष्णपुरको मैदानमा भएको उद्घाटन खेलमा कालिका नगर कमिटीले चितवन जिल्ला कमिटीलाई २-१ ले हराएको हो । कालिकाको जितमा विजय श्रेष्ठ र भिम गुरुङले गोल गरे । चितवन जिल्ला कमिटीका लागि बसन्त कुमालले गोल गरे । यो जितसँगै कालिका नगर कमिटी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगितामा शनिवार राष्ट्रिय युवा संघ भरतपुर महानगर कमिटी र ईच्छाकामना गाउँ कमिटी भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ । २३ गतेसम्म चल्ने प्रतियोगितको विजेताले ट्रफीसहित १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सागर बोम्जनले जानकारी दिए । The post कालिकाको विजयी सुरुवात first appeared on हाम्रो खेलकुद.